(१) करदाताले प्रत्येक कर अवधिको कर सो अवधि समाप्त भएको मितिले पच्चीस दिनभित्र बुझाउनु पर्नेछ ।
(२) करदाताले उपदफा (१) मा उल्लिखित म्यादभित्र बुझाउनुपर्ने कर नबुझाएमा बाँकी रहेको कर रकममा वार्षिक दश प्रतिशतका दरले थप दस्तुर लाग्नेछ ।
(३) ...
(४) करदाताले आफ्नो काबू बाहिरको परिस्थितिले गर्दा म्यादभित्र करको रकम बुझाउन नसकेको कारण देखाई उपदफा (२) बमोजिम लाग्ने थप दस्तुर मिनाहा पाउन निवेदन गरेमा र कारण मनासिब देखेमा महानिर्देशकले त्यस्तो दस्तुर मिनाहा दिन सक्नेछ ।
(५) उपदफा (२) बमोजिमको थप दस्तुर र दफा २६ बमोजिमको ब्याज हिसाब गर्दा बुझाउनु पर्ने कर रकमको दायित्व जुन महिनाको कारोबारबाट सिर्जना भएको हो सोही कर अवधिको कर बुझाउनुपर्ने म्याद गुज्रेको मितिदेखि नै गणना गरिनेछ ।
(६) दफा २० बमोजिम करदाताको कर निर्धारण गर्दा सोकर अवधिमा निजसँग असुल गर्नु पर्ने कर भन्दा निजले फिर्ता पाउन सक्ने कर बढी भएको पाईएमा निजको सो कर अवधिमा कर निर्धारण गर्दा थप दस्तुर र ब्याज असुल गरिने छैन ।
(७) उपदफा (१) मा उल्लिखित म्यादभित्र करको भुक्तानी विद्युतीय माध्यम बा बैंकले प्रत्याभूति दिएको चेक (गुड फर पेमेन्ट चेक) बाट समेत गर्न सकिनेछ । यसरी विद्युतीय माध्यमबाट भुक्तानी भएकोमा भुक्तानी आदेश भएको मितिमा र बैंकले प्रत्याभूति दिएको चेक (गुड फर पेमेन्ट चेक) मार्फत भुक्तानी भएकोमा कार्यालयले बुझेको मितिमा भुक्तानी भएको मानिनेछ ।
(७क) उपदफा (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि दश लाख रुपैयाँभन्दा बढीको कर भुक्तानी गर्दा चेक, ड्राफ्ट वा विद्युतीय माध्यमबाट भुक्तानी गर्नु पर्नेछ।
(७ख) यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १०ख१. बमोजिम दर्ता भएको व्यक्तिको कर भुक्तानी प्रक्रिया विभागले निर्धारण गरे बमोजिम हुनेछ।
(८) ब्याज, थप दस्तुर र जरिबाना माथि ब्याज असुल गरिने छैन ।